हेटौँडा/ मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर-२ को सिमखोला नजिकै कुखुरा बोकेको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परेको गाडी पूर्ण रुपमा क्षति भएको छ ।
दुर्घटनामा बोलेरो चालक पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंबर-२ बस्ने ३० वर्षीय बलबहादुर गुरुङको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
गएराति हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च ४०२१ नंबरको कुखुरा लोड भएको बलेरो गाडीको ब्रेक फेल हुँदा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानवुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
सेयर गर्नुहोस्






















