हेटौँडा/ नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर तोलामा९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ रहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० र तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।
सेयर गर्नुहोस्




















