मकवानपुरमा दिनहुँ दुर्घटनाः तिब्र गति, चालक निदाउनु र मापसे मुख्य कारण

हेटौंडा टुडे
२०७८ कार्तिक २६, शुक्रबार १४:३० गते

हेटौँडा/ मकवानपुर जिल्लामा पछील्लो एक हप्तामा दिनहुँ भएका सवारी दुर्घटनाको मुख्य कारण तिब्र गतिमा सवारीका साधन चलाउनु, चालक निदाउनु र मादकपदार्थ सेवन गरेका कारण दुर्घटना भएको पाइएको छ ।

दुर्घटनामा सावधानी नअपनाइकन चलाइएको र ओभर स्पीड, मादक पदार्थ सेवन गरिएको र चालक निदाएका कारण पछील्लो एक साताभित्र दुर्घटनामा मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । दुर्घटनामा मानविय क्षति भएको छ ।

हेटौंडाको नवलपुरमा मात्र लगातार दुइदिन सवारीका साधन दुर्घटना भयो । दुइदिनको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अरु डेढ दर्जन व्यक्ति घाइते भएका छन् । चालकले सावधानी नअपनाउँदा यो समस्या भएको उहाँले वताउनुभयो । कार्तिक २४ गते बिहान हेटौंडाउपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खादा दुइ जनाको मृत्यु भएको छ । बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन ।

गएराती साढे १२ बजे जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठक्कर खाँदा दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुइजना पुरुषको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार र सो बसमा सवार धनुषाको औरही गाउँपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय सोभित सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी कार्तिक २३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नबलपुरमा लामो लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

बिहान लहरीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मकवानपुरको मनहरीतर्फ जाँदै गरेको ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मृत्यु हुनेमा हेटौंडा–१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेका छन् ।

यसैगरी कार्तिक २० गते राती हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना अरु पैदलयात्रु घाइते भएका छन् । बसले ठक्कर दिएपछी स्थानीय वासिन्दाहरुले बस जलाएका छन् ।

बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी बस्ने २० वर्षको सुरज विष्ट र चितवन पिप्ले–३ बस्ने ३४ को प्रेम बहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठजना मध्यमा पाँच जनाको चुरेहिल अस्पताल र अरु तीन जनाको चितवनमा उपचार गरिएकोमा सातजना डिस्चार्ज भएका छन् । यसैगरी मकवानपुरको भीमफेदीमा काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*