बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

हेटौंडा टुडे
२०७८ कार्तिक २८, आईतवार १२:३८ गते

हेटौँडा/ नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य पतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आइतबार ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*