हेटौँडा/ हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार १९ जनाको स्वाब सङकलन गरिएको छ ।
जसमा १४ जना पुरुष र ५ जना महिला रहेका छन । सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौंलागाईले बताए ।
सेयर गर्नुहोस्






















