मेयर महतको नेतृत्वमा हुप्राचौरको सरसफाइ

टुडे संवादाता
२०७८ मंसिर ३, शुक्रबार १२:०० गते

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित हुप्राचौर मेयर हरिबहादुर महतको नेतृत्वमा सरसफाइ गरीएको छ ।
मेयर महतको नेतृत्वमा नगर प्रहरी हुप्राचौरको सरसफाइमा जुटेको हो । हेटौंडाको मुख्य बजार क्षेत्रको सबै भन्दा ठुलो खेल मैदान र खुल्ला क्षेत्रमा घाँस र अरु फोहोर समेत हुन थालेपछी नगर प्रहरीको सहयोगमा सफाइ गरिएको मेयर महतले बताउनुभयो ।

बुधबार देखि पुन हुप्राचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेल सम्म सफाइ अभियानलाई निरन्तर्ता दिइने प्रहर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिनुभयो ।
हुप्राचौरमा उपमहानगरपालिकाले वाकिङ ट्रयाक निर्माण गरेको र यो सफाइ अभियान जारी राखिएको उहाँले वताउनुभयो । खेलमैदान पनि सबै आएर खेल्नका लागि समस्या हुँदै आएको थियो ।

अब सफाइ गरेपछी थप सहज हुने छ । यसअघि पनि दुइ महिना अघि हुप्राचौर सफाइ गरिएको थियो । तर, अहिले फेरी घास, वनमाराको झार, प्लाष्टीकका बोत्तलले फोहोर भएकाले सफाइ अभियानमा जुटेको उहाँले वताउनुभयो । ठुलो चौर भएकाले सफाइको काम सक्न गरप्रहरीलाई केही दिन लाग्ने छ । तर, सफाइको यो चरणको काम सकेर मात्र विश्राम लिने उहाँले वताउनुभयो । पहिले जनपथ प्रहरी, ससस्त्र प्रहरी, नगरप्रहरी, खेलप्रेमीहरुसहित मिलेर हुप्राचौर सफाइ गरेका थिए । अहिले भने बिहानको समयमा नगरप्रहरीले सफाइको सुरुवात गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*