मउवा संघ मकवानपुरद्वारा नव आगन्तुक प्रहरी उपरीक्षक लाई गरियो स्वागत

हेटौंडा टुडे
२०७८ मंसिर १२, आईतवार १६:२३ गते

हेटौँडा/ हेटौँडा  उद्योग बाणिज्य संघ मकवानपूरले नव आगन्तुक प्रमुख तथा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङलाई स्वागत सम्मान एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।आईतबार र दिउँसो उद्योग बाणिज्य संघ मकवानपूरका अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) को अध्यक्षतामा भएको स्वागत सम्मान एवं अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक गुरुङलाइ अबिर तथा दोसला सम्मान गरिएको थियो ।

अन्तक्रिया कार्यक्रम मार्फत जिल्लाको व्यापारिक अवस्था समस्या र चुनौतीको विषयमा छलफल भएको छ । यस जिल्लामा आएर काम गर्न पाउदा र नयाँ साथिहरु सँग सहकार्य गर्ने साथै भोलिका दिनमा पनि राम्रो काम गरेर अगाडि बढने उपरिक्षक गुरुङले प्रतिबद्वता जनाएका छन ।

साथै कार्यक्रममा उद्योग बाणिज्य संघ मकवानपूरका अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल), निर्वतमान अध्यक्ष कृष्ण कटुवाल, पदाधिकारीहरु र सहल्लाकार गरी २५ जनाको उपस्थिति रहेको थियो । उद्योग बाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*