साताको अन्तिम दिन सेयर बजारमा पुन: गिरावट

टुडे संवादाता
२०७८ मंसिर २३, बिहीबार १५:४३ गते

हेटौंडा/ साताको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजारमा गिरावट आएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५.८४ अंकले घटेर २,४४९.९७ को विन्दुमा पुगेको छ।

 

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । २३१ कम्पनीको ६२ करोड २३ लाख ७२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै अरु सबै समूहका उपसूचक घटेका छन्। आज ७२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १०६ वटा कम्पनीको सेयरमूल्य घटेको छ। आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

 

त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२६ रुपैयाँ कायम भएको छ। नविल बैंकको ८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयरमूल्य १४ सय ५२ रुपैयाँ कायम भएको छ। महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यसैगरी आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन्। लक्ष्मी इक्टिी फण्डका इकाइधनीले ४ प्रतिशतका दरले कमाएका छन्। सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.४४ प्रतिशतका दरले कमाएका छन्। सिङ्‌गटी हाइड्रोका इकाइधनीले ३.२४ प्रतिशतका दरले कमाएका छन्।

 

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ५.८२ प्रतिशतका दरले गुमाएका आफ्नो सेयर मूल्य गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*