कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु

टुडे संवादाता
२०७८ मंसिर २४, शुक्रबार ११:३८ गते

काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ ।

उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।  काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । हालसम्म देउवासहित विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै रामचन्द्र पौडेल समूह पनि साझा उम्मेदवार तय गर्न प्रयासरत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*