सेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले पुँजी बजारविरुद्ध बोलेको ओलीको आरोप

टुडे संवादाता
२०७८ मंसिर २९, बुधबार १५:०१ गते

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारीले चन्दा नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारविरुद्ध बोलेको आरोप लगाएका छन् । आज पार्टीका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्, लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*