१० लाख लगानिमा हेटौंडाको मुख्य सडकपेटिहरु रंगाउदै

टुडे संवादाता
२०७८ पुष २, शुक्रबार १२:४९ गते

 हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको १० लाख लगानिमा हेटौंडाको मुख्य सडकपेटिहरु रंगिदै छन् । दशैपछि सुरु भएको रंग लगाउने काम तिन महिना भित्र सम्पन्न हुनु पर्ने हेटौंडा उपमहानगर पालिकाको इन्जिनियर सत्यनारायण शाहले बताय ।

पहिलो चरणको रंग लगाउने काम सम्पन्न भएको र पहिलो चरणको लागि करिब ४ लाख रुपैया लागत लागेको इन्जिनिय शाहको भनाइ छ । दोस्रो चरणको कार्य पनि सुरु भैइरहेको छ । त्यसको लागि ६ लाख रुपैंया लागत लाग्ने समेत उँहाले बताए । घाम लागेको समयमा काम छिटो हुने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*