हेटौंडा/मकवानपुर गढीगाउँपालिका ६ स्थित डुम्रेकुनामा अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
तिन बर्षिय योजना रहेको करिब ९ रोपनि क्षेत्रफल छुटाइएको जग्गामा ४ कठ्ठा जग्गामा १५ सैयाको अस्पताल तिन बर्षको अवधि भन्दा पहिले नै निर्माण सम्पन्न हुने भएको छ । गाउँपालिकाको सबै नागरिकलाई स्वास्थ्य पहुँच पूर्याउने उदेश्यले एक बर्ष पहिले बाट निर्माण सुरु गरिएको अस्पतालले अबको तिन महिनामा बिरामिहरुलाई सेवा प्रधान गरिने गढीगाउँपालिका ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालले बताए । उनले भने ७५ प्रतिशत सम्पन्न भएको अस्पताल भवनको लागि ९ करोण बजेट छुटाइएको बजेटमा ६ करोण ९७ लाख रुपैयाँमा सम्झौता भएर काम अघि बढेको बताए ।
ओम शाहि र सुन्दर नेपाल नामक ठेकदार कम्पनीले सो अस्पताल निर्माणको कार्य भईरहेको र ठेकदारहरुले जिम्मेवारीको कठिन अवस्थामा पनि कामलाई निरन्तर गतिमा गरिरहेको हुनाले उक्त कार्य छिटै सम्पन्न हुने पनि दाहालले बताए ।
हाल सम्म भवन निर्माणको लागि करिब ४ करोण लागत लागेको र बाकि २ करोण ९७ लाखको कार्य अझै रहेको पनि वडा अध्यक्ष दाहालले जानकारी दिए । अहिले गारो लगाउने कार्य भइरहेको र टिकट काउन्टरको भवन र सेवा दिने कर्मचारी बस्ने भवन बन्न बाकि रहेको पनि अध्यक्ष दाहालले बताउछन् । अस्पताल पूरै पूर्णता भने असार मसान्तबाट पाउने र अस्पतालको लागि आवश्यक पर्ने सबै औजारको सामान देखि डाक्टर कर्मचारी व्यबस्था स्वास्थ्य मन्त्रालयले गर्ने पनि बताए ।






















