स्कुल पढ्न जाँदा जाँदै मकवानपुरगढीका हर्षितको जिवनमा हर्ष गुम्यो

टुडे संवादाता
२०७८ पुष ५, सोमबार १६:५६ गते

हेटौंडा/मनिसको जिबनमा कसलाई कतिखेर के हुन्छ कसैलाई पनि थाहा नै हुन्न । सुखदुख त मानिसको जिबनमा चलिरहने नियम हो । यस्तै दुखको भु-मरिमा परेको छ मकवानपुरगढी गाउँपालिका वडा नम्बर तिन ३ को तिमल्सिना परिवार । हरि तिमल्सिना र सिता तिमल्सिनाको पहिलो सन्तानको रुपमा जन्मिएका जेठा छोरा हर्षित हुन उनको नाम हर्षित हो तर नाममा मात्र हर्षित सिमित भएको छ । उनको नाम हर्षित भनि नामाकरण त भयो तर जिबनबाट उनको हर्ष गुमेको छ ।

२०६७ साल चैत्र ८ गते मंगलबार हेटौंडा अस्पतालमा जन्मिएका उनको तौल साँढे तिन किलो थियो । सामान्य सुई खोप सबै पुरा गरेका उनको चार बर्षको उमेर सम्म उनको र परिवारको जिबन हर्षमै बितेको थियो ।

जुनेलि बोडिङ्घ स्कुलमा नर्सरि कक्षा सम्म पढेका उनको अध्ययन नर्सरि कक्षामै सिमित भएको छ । न त उनि पढ्न नै सके न त परिवारले पढाउन नै सके । करिब चार बर्ष सम्म सामान्य जिबनशैलि बिताएको हर्षितको जिबनबाट हर्ष गुमेको आज ९ बर्ष भएको छ । नर्सरि कक्षा अध्ययन गर्दा गदै बिस्तारै बिस्तारै खुट्टा दुख्ने समस्या देखिएको उनिमा आज सम्म कुनै पनि समस्याको  पहिचान न भएको परिवार बताउँछन् । उनको घुडा भन्दा मुनिको भाग चल्दैन भने खुट्टा टेकिदैन ।

सुरुमा धामि झाक्रि र झारफुकबाट उपचार सुरु गरेका हर्षितको हेटौंडा अस्पताल, भरतपुर अपाङ्ग अस्पताल, कान्तिबाल अस्पताल, बनेपा अपाङ्ग अस्पताल लगाएतका अस्पतालमा चेक जाच गरि सक्दा पनि उनको रोग अझै सम्म पनि पत्ता लागेको छैन ।

अस्पतालको रिपोर्ट अनुसार हर्षितको शरिरमा कुनै पनि रोग नदेखिएको र छोरा सामान्य छ भन्दै अस्पतालले रिफर गरेको हर्षितको आमा सिता तिमल्सिना बताउँछिन् । तर पनि आमाको मन हो अझै आस नमरेको उनि बताउछिन । अझैपनि छोरा सामान्य अबस्थामा फर्कन्छकि भन्ने आशमा बाचेकि सिताको छोरा पढाउने ठुलो धोको छ ।

परिवारको आम्दानिको श्रोत दैनिक ज्यालादारि हो । सात जनाको परिवार रहेको उक्त परिवारमा ज्याला गरेको भरमा परिवार चलाईरहेका छन ।  घरको आर्थिक अबस्था कमजोर भएको र आम्दानिको श्रोत दैनिक ज्यालादारि भएकाले ११ बर्षिय हर्षितको पढाई लेखाईको ब्यबस्था कुनै सघं सस्थांले गर्दिए छोराको शारिरिक अबस्था कमजोर भएपनि अध्ययन अगाडि बडने र भोलिको दिनमा यो अध्ययनले उसका लागि केहि जिबिकोपार्जनमा सहज हुने उनि बताउछिन ।

बाँकी भिडियोमा हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*