राक्सिराङमा रेष्टको आयोजनामा सामाजिक लेखापरिक्षण कार्यक्रम

हेटौंडा टुडे
२०७८ पुष ७, बुधबार ११:३९ गते

हेटौंडा/ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका सामाजिक लेखापरिक्षण कार्यक्रम बुधबार भएको छ । रेष्ट संस्थाको कार्यकारी निर्देशक डा. अरुणा उप्रेतीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

बालिका शिक्षा अभियान अन्तरगत अमेरिकन हिमालयन फाउण्डेसनको सहयोग तथा महिला तथा बालबालिका सरोकार केन्द्रको सहकार्यका रेष्ट कार्यक्रमले राक्सिराङ गाउँपालिकाको ६ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

छनोटमा परेका बालिकालाई कक्षा १२ सम्म निशुल्क पढाइदिने र शैक्षिक सामाग्री प्रदान गर्दै आइरहेको छ । राक्सिराङमा २४ विद्यालयका ५३३ जना विद्यार्थीलाई निशुल्क पठनपाठन गराउदैं आइरहेको छ ।

कार्यक्रममा जनप्रतिनिधि, गैससका प्रतिनिधि, रेष्टको सहयोग पाइरहेका विद्यार्थी, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, प्रहरी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रेष्टले गरेको कामहरुको बारेमा आफ्नो आफ्नो विचार राख्दै रेष्टका गाउँपालिकाका सहजकर्ता मानबहादुर वाइवाले कार्यपत्र सहित प्रतिनिधिमुलक जिज्ञासार विचार लिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, पत्रकार प्रताप विष्ठ, वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*