उप्रेतीलाई भोट गर्न अपिल

टुडे संवादाता
२०७८ पुष ११, आईतवार १७:१५ गते

हेटौंडा/नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल किड्स सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरमा जन्मिएका जेनिस उप्रेतीले भोट गर्न अपिल गरेका छन् । जेनिस भ्वाइस अफ नेपाल किड्सको डिजिट, ब्ल्याण्ड र ब्याटल राउण्ड हुँदै लाइभ राउण्डमा प्रवेश गरिसकेका छन् । अब उनलाई अगाडि बढ्नको लागि कोचको मन जितेर मात्रै पुग्दैन । उनलाई दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । उनले आफुलाई भोट गरेर प्रतियोगिताको अगाडि बढाई दिनुहुन अनुरोध गरेका छन् ।

जन्म विं.सं. २०६७ सालमा हेटौंडा १९ बस्तिपुरमा जन्मिएका जेनिसको ममि केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भइसकेको छ । बाबु पनि बैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् । चार बर्षकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षका भए । उनका बाबु रोजगारीको शिलशिलामा कुवेत विगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् ।

सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काकासँगै चितवनमा बस्दै आएका छन् । उनी अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् ।

द भ्वाइस अफ नेपाल र किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीपा नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए । उनले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए ।

जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सम्बृद्धि परियार, शुभम् निरौला, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् । जसमा आगामी हप्ताकोच प्रमोदको टिमबाट कमभोट ल्याउने दुई जना प्रतियोगिताबाट बाहिरिने छन् ।

जेनिसलाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक भोट निःशुल्क पनि गर्न सकिनेछ उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*