मिस मकवानपुर सिजन ३ को फाइनल पुस १५ गते हुने

टुडे संवादाता
२०७८ पुष १२, सोमबार १६:५९ गते

हेटौंडा/ मिस मकवानपुर सिजन ३ को फाइनल पुस १५ अर्थात आगामी शुक्रबार हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दौ आयोजक कलिउड सुपर डान्स एण्ड फिटनेस प्राईभेट लिमिटेडले प्रतियोगितामा १८ जना सहभागी रहेको जानकारी दिएको हो ।

सुस्मिन श्रेष्ठको संयोजकत्वमा हुने कार्याक्रममा विजेताले चाँदीको ताजसहित १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय हुनेले ताज र नगद ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने कलिउडका सञ्चालक सुजन श्रेष्ठले बताए ।
कुनैपनि विधामा एक वर्षसम्म कलिउड सुपर डान्स एण्ड फिटनेसमा निःशुल्क, फोटो सुट, कुनै पनि संघ, संस्थाको ब्राण्ड एम्ब्यासेडर साथसाथै मासिक पारिश्रमिकको व्यवस्था हुने जनाइएको छ ।
प्रतियोगिताको निर्णयकमा रक्षा उप्रेति (मिसयुनिभर्स नेपाल सेकेन्ड रनर अप) बिनोद न्यौपाने (नायक एवं मोडल) कृष चौंलागाई (युवा चलचित्र निर्देशक एवं उद्यमी ) र सरिता गिरि नायिका ,चलचित्र निर्देशक रहेका छन् । प्रतियोगितामा करिब १५ लाख खर्च हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*