हेटौंडामा ६९ किलो गाँजा बरामद

टुडे संवादाता
२०७८ पुष १३, मंगलवार १५:४४ गते

 हेटौंडा/मकवानपुर प्रहरीले ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा, अटो सहित ३ जनालाई नियन्त्रणमा लिईएको छ । प्रहरीले कैलास गाउँपालिका घर भई हाल हेटौंडा ५ कमाने बस्ने ३४ वर्षिय सितारामा मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने ३३ वर्षिय अमर बहादुर गिरि र सोही ठाउँ बस्ने २६ वर्षिय ईन्द्र बहादुर मोक्तानलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा १ स्थित पालुङ बसपार्क मा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्ने क्रममा तरकारीको बोरा भित्र ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।
उक्त लागुऔषध गाँजा, अटो सहित नियन्त्रणमा लिई गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*