प्रेस सेन्टर मकवानपुरको पत्रकार सुत्केरी भत्ता कार्यक्रमको सुरुवात

टुडे संवादाता
२०७८ पुष १३, मंगलवार १५:५७ गते

प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता सहित न्यानो कपडा प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी यहि पुष १० गते बसेको सेन्टरको
बैठकको निर्णय अनुसार आज उक्त रकम प्रदान गरिएको हो । सेन्टरकी अध्यक्ष अञ्जली थापा सहितको पत्रकार टोलीले विष्टको घरमै पुगेर भत्ता सहित न्यानो कपडा र पोषणयुक्त खाद्यान्न उपलब्ध गराएका छ ।

महिला पत्रकारहरु सुत्केरी अवस्थामा केहि समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले भत्ता उपलब्ध गराएको अध्यक्ष थापाले बताउनुभयो । संस्थागतरुपमा नै यो निर्णय कार्यान्वयन गर्दा मिडिया हाउसहरुलाई समेत महिला संचारकर्मीप्रतीको उत्तरदायित्व पुरा गर्न दवाब सृजना हुने अध्यक्ष थापाको भनाई छ ।

सुरुवाती अबस्थामा सानो रकम भएपनि कार्यानवयन गरेको बताउदै सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशिल पत्रकार महिलाका लागि प्रभावकारी हुने खालका कार्यक्रमहरु ल्याउने पनि अध्यक्ष थापाले बताउनुभयो ।

यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको नेतृत्वमा गएको महासंघ कार्यसमितीले आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ ।
अध्यक्ष गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणको लागि महासंघले केहि नयाँ गर्ने बताउनु भएको छ । उहाँले कार्यालयहरुमा आमा पत्रकारको लागि बेबी केयरसंगै स्तनपान कक्षको व्यवस्था गरिदिन पहल गर्ने पनि
बताउनुभयो ।
यसैगरी संचारिका समूह मकवानपुरले पनि आजै सुत्केरी विष्टलाई खाद्यान्न उपलब्ध गराएको छ । संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाल र सचिव
श्रीजना नेपाल सहितको टोली विष्टलाई भेट्न घर पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*