हेटौंडा/कृषि तथा पशुपन्छी मन्त्रालयले मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र सार्वजनिकिकरण गरेको छ । हिजो (बुधबार) पत्रकार सम्मेलन गरि मार्गचित्र सार्वजनिकिकरण गरेको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य मन्त्री बसुन्धारा हुमागाइले कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा भयका समस्यालाई न्यूनीकरण गरि यस क्षेत्रलाई अगाडी बढाउने बताउनु भयो ।
स्थानिय तहमा कार्यरत कृषि तथा पशु सेवा तर्फका स्थायी कर्मचारीहरुको लागी निश्चित कोटा छुटाइ सेवाकालिन तालिम सञ्न्चालन गरि प्रबिधिक विषयमा क्षमता बढाउने मन्त्री हुमागाइले बताउनु भयो ।
पशु आहारको कमिलाइ परिपुर्ति गर्न साइलेज, टि एम आर प्रबिधिलाई विस्तार गरिने कृषि, पशुपन्छी तथा मत्स्यका सचीव शरण कुमार पाण्डेले बताउनु भयो । उहाँले पशु स्वास्थ तथा क्लिनिक सेवालाइ बिस्तार गर्न स्थानीय तहसँगको एक वडा एक पशु स्वास्थ्य क्लिनिक सन्चालनमा ल्याउने समेत बताउनु भयो ।
उक्त कार्यक्रममा कृषि, पशुपन्छी तथा मत्स्य विकासका पदाधिकारि, व्यवसायिहरु लगायतको उपस्थिती रहेको थियो ।






















