हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडाको मुटु बुद्द चोक अहिले कन्तबिजोग अबस्थामा रहेको छ । गत पौष ७ गते राति ११ बजे शिवम सिमेन्टको सिमेन्टको बोक्ने ना १ क ६७०५ नम्बरको गाडिले ठक्कर दिएर आइलेन भत्किएको थियो । विगत ९ दिन देखि बुद्द चोकको ट्रापिक आईलेन हरिबिजोक अवस्थामा रहेको छ । ट्राफिक आइलाइन भत्कियसँगै हेटौंडाको बुद्ध चोक कुरुप देखिएको छ । हेटौंडामा रहेको मुख्य चोकको ट्राफिक आइलाइन मर्मत हुन नसक्दा यहि बाटो भएर झन्डा हल्लाउदै हिड्ने मन्त्रिको गाडिलाई समेत गिज्याई रहेको छ । ।
बुद्ध चोक नजिकै रहेको बार एक महिना देखि भाँचिएर बिजोग अवस्थामा रहेको छ । बाटो हिड्ने बटुवालाई समेत हिडडुल गर्न सास्ती भईरहेको छ ।
दैनिक रुपमा त्यस ठाउमा धेरुै मात्रामा बटुवा आवत जावत गर्ने गर्ने गरेको र केटा केटि, बुडाबुढि र दृष्टिबिहिनको निम्ति असहज भएकाले यस तर्फ हेटौंडा उपमहानगरपालिकाको ध्यान जान जरुरि देखिन्छ ।






















