हेटौंडा/मकवानपुरगढी गाउँपालिका ५ र ३ जोड्ने सामरी खोलामा मिनिपूल निर्माण हुने भएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ६० लाखको लगानिमा उक्त पूल र्निमाण हुने लागेको र जसमा २० लाख प्रदेश सरकारको बाँकी ४० लाख गाउँपालिकाको बजेट रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनु भयो । यस आर्थिक वर्षमा काम सम्पन्न हुने गरि उपभोक्ता समितिलाई जिम्मेवारि दिएर काम अगाडि बढाइएको र १ हजार धुरिलाई धान्न सक्ने उक्त पूलमा अटो, बाइक र मान्छेहरु मात्रै ओहोर दोहोर हुन सक्ने क्षमताको पूल निर्माण हुन लागेको पनि अध्यक्ष हुँमागाईले जानकारी दिनुभयो ।
बर्खाको समयमा खोला तर्न नपर्ने गरि पूल निर्माण हुन लागेको समेत जानकारि दिनुभयो । सो पुलको केहीदिन अघि अध्यक्ष हुमागाईले शिल्यान्यास गरेका थिए ।
सेयर गर्नुहोस्


















