सुमो दुर्घटना अपडेट: ८ जना सवार, ब्रेक फेल भई दुर्घटना

टुडे संवादाता
२०७८ पुष १६, शुक्रबार १७:५५ गते

हेटौंडा/मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ स्थित सिमखोला नजिकै सुमो ब्रेक फेल भई दुर्घटनामा परेको छ । विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ गईरहेको प्रदेश नंबर २–०३–००१ ज,०१३० नम्बरको सुमो ब्रेक फेल हुँदा आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले बताए ।

उनले सुमो ‘ब्रेक फेल’ हुँदा अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट करिब ७ मिटर तल खसेको बताए । निमित्त प्रहरी प्रवक्ता सापकोटाका अनुसार सुमोमा चालक सहित ८ जना सवार रहेकोमा दुर्घटनामा दुई जना महिला र एक जना पुरुष गरेर ३ जना घाईते भएका छन् ।

उनिहरुको हात र खुट्टामा चोट लागेको र थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रहरी प्रवक्ता सापकोटाको भनाई छ ।

यो पनि पढ्नुहोस

बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो सिमखोलामा दुर्घटना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*