मकवानपुरका साझा बसले कार्ड देखाउदा पनि छुट दिँदैनन्

टुडे संवादाता
२०७८ पुष १८, आईतवार १८:११ गते

हेटौंडा/मकवानपुरमा चल्ने केहि साझा बसले विद्यार्थिहरुलाई कार्ड देखाउदा समेत छुट नपाएको बिद्यार्थीहरुको गुनासो रहेको छ । कार्ड देखाउदा पनि विद्यालय पोशाकमा हुनेहरुको लागि मात्रै छुट दिने गरेको र पोशाक नलगाई कार्ड देखाउनेलाई छुट नदिएको कारण केहि साझा बसमा विद्यार्थीहरु पूरै भाडा तिर्न बाध्य भएका छन् ।
बसमा चड्नेहरुले मिति सकिसकेको कार्ड, काम गर्ने ठाउँको कार्ड देखाएर पनि छुट माग्न थालेपछि बिद्यालय पोशाकमै हुनेहरुलाई मात्र केहि यातायात चालकहरुले छुट नदिने गरेको मकवानपूर साझा यातायात व्यावसायी संघका अध्यक्ष भेष खड्गीले बताउनुभयो ।
सहि कार्ड देखाउनेहरुलाई छुट दिनु पर्छ तर यँहा अरु कार्ड देखाउने विकृति बढेको गुनासो पोख्दे केहि साझा यातायातका चालकहरुले छुट नदिको पनि अध्यक्ष खड्गीले हेटौंडा टुडेलाई जानकारी दिनभयो ।
सहि कार्ड देखाउनेलाई विद्यालय पोशाकमै नभएपनि छुट दिन र विद्यार्थी कार्ड बाहेककोलाई छुट नदिन समेत अध्यक्ष खड्गीले यातायातका चालकहरुलाई समेत आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*