ड्रग डिस्ट्रीव्युटर्सको १० औँ वार्षिकोत्सबको अवसरमा स्विटर र ब्याग बितरण

टुडे संवादाता
२०७८ पुष १८, आईतवार १८:२४ गते

हेटौंडा /ड्रग डिस्ट्रीव्युटर्सकोे १० औँ वार्षिकोत्सबको अवसरमा आईतवार (आज) बिद्यार्थीलाई स्विटर र ब्यागहरु बितरण गरिएको छ । डिस्ट्रीव्युटर्सले हेटौंडा १२ स्थित श्री पशुपती नि.मा.विका बिद्यार्थीलाई स्विटर र ब्यागहरु बितरण गरिएको हो ।

आफ्नो ठाउँ आफै सजाउ भन्ने मुल नाराको साथमा जाडोको कारण कुनै पनि विद्यार्थीहरुले विद्यालय आउनको लागि बञ्चित नहुन भनेर केहि राहात मिलोस भनि ड्रग डिस्ट्रीव्युटर्सले सहयोग गरेको हो । कार्यक्रममा औषधि व्यवसायी संघका अध्यक्ष्य, चुरे हिल अस्पतालका प्रबन्ध निर्देशक लगाएत विभिन्न सामाजिक कार्यमा संलग्न रहनुभएको नारायण श्रेष्ठबाट राहात सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*