हेटौंडाका केहि मुख्य सडकले अझै पनि पूर्णता पाउन सकेन्

टुडे संवादाता
२०७८ पुष १९, सोमबार १७:२३ गते

हेटौंडा/हेटौंडाका केहि मुख्य सडकले हाल सम्म पनि पूर्णता पाउन सकेको छैन् । हेटौंडाको मानस चोक मनकामना चोक, टिसियन रोड र पशुपति मन्दिर सडकले हाल सम्म पनि पूर्णता पाउन नसकेको हो । सडक निर्माणको लागि १ वर्ष अगाडि ओमसाई कन्ट्रक्सनलाई सम्झौता गरिएको थियो । १ वर्ष अगाडि नै सम्झौता भएता पनि आज सम्म पनि ति बाटोमा केहि परिवर्तन आउन सकेको छैन् ।

हेटौंडा उपमहानगर वडा नम्बर ४ का वडा अध्यक्ष नबिन सिग्देलका अनुसार ठेकदारको लापार्वाहीको कारण सडक यो अवस्थामा रहेको बताउनुभएको छ ।तोकिएको समय बाट पनि धैरे समय बितिसक्दा निर्माण कार्य अगाडि नबढेको कारण सो ठेकदार कम्पनिलाई कारवाहिको दायरामा ल्याएको र काम छिटो गराउनु पर्याे भनेर वडा नम्बर २, ४ र १० को वडा अध्यक्षहरु यातायात पूर्वाधार निर्देशनालयमा गएर समेत कुरा उठाएको वडा अध्यक्ष सिग्देलले बताउनु भयो ।
सो कुरा उठाएर यातायात सघंमा नै ठेकदारहरुलाई बोलाउदा उनिहरुले पुस २० गतेबाट सडकका कार्य अगाडि बढाउने र माघ ६ गतेबाट सडक पिच गर्ने भनेर हस्ताक्षर गर्नु भएको पनि बताउनु भयो ।
तत्काल कार्य अघि नबढाएमा छिटो भन्दा छिटो कारवाहिको दायरा ल्याउने समेत अध्यक्ष सिग्देलले हेटौंडा टुडेलाई बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*