कोरोना सङ्क्रमण दर बढ्दै छ, हेटौंडा बजारमा मानिसहरुको चहलपहलमा कुनै कमी आएन्

टुडे संवादाता
२०७८ पुष २६, सोमबार १७:२७ गते

हेटौंडा/पछिल्लो समय कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण दर बढेपनि हेटौंडा बजारमा भने मानिसहरुको चहलपहलमा कुनै कमी आएको देखिदैन् । माघि पर्व अर्थात माघे सङक्राति नजिकिदै छ । अहिले हेटौंडा बजारमा चाकु खाने दिनको लागि तरुल, सख्खर किन्ने पसलमा बढि जसो भिडभाड देखिन्छ ।

कोरोनाबाट जोखिम उच्च भइरहेको समयमा पनि हेटौंडा बजार भने कोरोना भाइरसको सुरक्षा मापदण्ड नअपनाइ बिना माक्समा र सामाजिक दुरि बिना नैै मानिसहरुको चहलपहल भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार आज (सोमबार) मात्र मकवानपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । यसरी बजार क्षेत्रमा भिडभाड बढ्नाले कोरोना सङ्क्रमणदर बढ्न सक्ने सहजै देख्न सकिन्छ । मकवानपुर प्रशासनले बेलैमा त्यसतिर ध्यान दिन जरुरी छ ।

साथै प्रशासनले कोरोना बढेको कारण सबै जना सचेत रहन र कारोना भाइरसलाई सामान्य रुपले नलिन समेत आग्रह गरेको छ । कोरोना सङ्क्रमणदर बढे सँगै माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*