हेटौंडा/मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९ )संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ६० जनाको कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ६० जनाको कोरोना जाँच गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ४० सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १५९८२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५ व्यक्ति संक्रमण मुक्त भएका छन।
सेयर गर्नुहोस्






















