हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा एक महिलाको शव फेला परेको छ । आईतबार चित्रेपानी सामुदायिक वनमा एक महिलाको शव डुण्डिएको अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
सालको रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५५।६० बर्षको देखिने महिलाको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन । झुण्डिएको अवस्थामा शव देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थललाई प्रहरीले सुरक्षित राखेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।
सेयर गर्नुहोस्






















