आज सुनको मूल्य प्रतितोला १०० ले वृद्धि

हेटौंडा टुडे
२०७८ माघ ५, बुधबार १२:२२ गते

हेटौँडा/ नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*