हेटौंडा/गए राती हेटौंडा-५ पिप्लेमा मोटरसाईकल एक आपसमा ठोक्किदा एक मोटरसाईकलमा आगलागी भएको छ ।
क्याप्पाडाँडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ८३ प ५०४० नंबरको मोटरसाईकल र विपरित दिशाबाट आएको बागमती प्रदेश ०३ ००२ प ९९५८ मोटसाईकल ठोक्किदा बा ८३ प ५०४० नंबरको मोटरसाईकलमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलयका प्रहरी निरिक्षक सुमन बाँनियाका अनुसार बा ८३ प ५०४० नम्बरको मोटरसाईकल चालक हेटौंडा ४ बस्ने २१ वर्षीय प्रवेश लामाको टाउको, हात र खुट्टामा चोट लागेको र चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
सेयर गर्नुहोस्






















