मकवानपुरगढीमा एमालेले खाता खोल्यो, वडाध्यक्षमा घिमिरे विजयी

हेटौंडा टुडे
२०७९ जेष्ठ ३, मंगलवार ०५:४७ गते

हेटौंडा ।  मकवानपुरगढी गाँउपालिकामामा एमालेले खाता खोलेको छ । गाउँपालिका वडा नंम्बर ३ को वडाध्यक्षमा ने क पा एमालेका का भागबत घिमिरे विजयी भए संगै गढी गाउपालिकामा एमालेले खाता खोलेको हो ।

मंगलबार बिहान सम्पन्न मत गणना अनुसार घिमिरेले ९४३ मत ल्याई पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका हुन् ।

घिमिरेले आफ्ना प्रतिस्पर्धी गठबन्ध दलका उम्मेदवार अर्जुन प्रसाद दहाललाई पराजित गर्दै विजयी भएका छन् । गठबन्ध दलका उम्मेदवार अर्जुन प्रसाद दहालले ८८६ मत पाएका थिए । घिमिरे प्यानल सहित विजयी भएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*