विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२०७९ जेष्ठ १७, मंगलवार १८:२६ गते

हेटौंडा/विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा मंगलबार (आज) हेटौंडामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा सुर्तिजन्य पदार्थ त्यागौँ,स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने मूल नाराका साथ पत्रकारसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा डा.शम्भु काफ्लेले नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरेका छन् । उनले समग्रमा कुल मृत्युको १५ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनबाट हुने गरेको बताए । उनले विश्वमा वार्षिक ८० लाख मृत्यु हुने गरेको र दुई लाख हेक्टर जंगल तथा जमिनमा खेती हुने गरेको बताए ।

नेपालमा धूम्रपान गर्नेको संख्या २८।९प्रतिशत ९सन २०१९० रहेकाछन् । जसमा महिला ४८.३ प्रतिशत र महिला ११.६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । चुरोटमा चार हजार बढी हानिकारक विषालु रसायनिक तत्व पाइने भएकाले ४० प्रकारका हानिकारक रसायनले क्यान्सर गराउने बताए ।

कार्यक्रममा निर्देशनालयका सुचना अधिकारी समेत रहेका शीव प्रसाद बडालले सुर्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ र सोही वर्षकै नियमावलीका दफा उपदफामा उल्लेख भएका सुर्तिजन्य पदार्थका विषयवस्तु, दण्ड सजायहरुबारे जानकारी दिदैं विषयवस्तु माथी छलफल गरिएको थियो ।

वडालले सुर्तिजन्य पदार्थको सेवन न्यूनिकरणमा मिडियाको ठुलो भूमिका रहने बताउदैं मिडियाकर्मीलाई प्रयोग नगर्न समेत आग्रह गरेका थिए ।

स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। नरेन्द्र कुमार झा, अधिकारकर्मी कापिला जोशी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*