हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुरमा ट्याक्टर दुर्घटना भएको छ । केही समय अघि हेटौंडाबजार तर्फबाट मनहरी तर्फ जाँदै गरेको ना २ त २९५ नम्बरको ब्लक लिएर जाँदै गरेको ट्याक्टर दुर्घाटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
ट्याक्टरमा दुईजना सवार रहेको बुझिएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको घटनाको थप विवरण आउन बाँकी छ ।
सेयर गर्नुहोस्






















