हेटौंडा/मकवानपुर प्रहरीले ५० किलो ४ सय ग्राम लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिईएको छ । प्रहरीले महोत्तरी औरही नगरपालिका वडा नम्बर–७, सोनामाई बस्ने ३७ वर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहिबार (हिजो) साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१, स्थित राप्तीरोडमा नेवारपानी तर्फबाट हेटौडा तर्फ आउंदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा उक्त अटोमा लुकाई
ल्याएको लागु औषध गाँजा ५० किलो ४०० ग्राम फेला परेको हो ।
उक्त अटो र गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















