शेयर लगानीकर्ताहरुको समस्या समाधानका लागि सहजीकरण गर्छुः गभर्नर

हेटौंडा टुडे
२०७९ जेष्ठ २४, मंगलवार १७:३८ गते

काठमाडौँ /नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीकर्ताहरुको समस्या समाधानका लागि सहजीकरण गर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकमा मगलबार (आज) नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

 

आज राष्ट्र बैंकका गभर्नर अधिकारीसहित बोर्डका पदाधिकारीसँगको भेटमा शेयर बजारको पछिल्लो अबस्था, शेयर बजारमा परेको दवाव, ४÷१२ करोडको क्याप, सीडी र सीसीडीको बारेमा अबगत गराइएको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

उक्त अवसरमा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अबस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भीर रुपले अध्ययन गर्दै त्यसतर्फ कसरी सहजीकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढॉउने प्रतिक्रिया जनाएको अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*