हेटौंडा/बागमती प्रदेशको राजधानीे हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको कार्य प्रणालीप्रति जनगुनासो बढेको छ ।जो कोही उपचारका लागी अस्पताल पुग्छन उनिहरुले उपचार पाउन सास्तीनै खेप्नुपर्ने अबस्था छ ।
स्वास्थ्य उपचारका मामिलामा निकै सुस्त र धेरै झनजटिलो रहेको भन्दै बिरामीहरुले सामाजिक संजालहरुमा चर्की आलोचना गरीरहेकाछन् । बिरामी भएर उपचारका लागी हेटौंडा अस्पतालमा बिहान ८ बजे पुगेका एक बिरामीले आफुले भोग्नु परेको समस्या सार्वजनिक गरेकाछन ।
बिहान ८ बजे अस्पताल पुगेका बिरामी टिकट काट्न लाईनमा बस्छन् । करीब २ घण्टा लाईनमा बसेपछि उनले टिकट पाउछन टिकट लिएपछि उनि डाकटरसंग चेकअपको लागी फेरी लगभग १ घण्टा लाइनमा लाग्छन ।
चेकअपपछि ल्याबको लागी बिल काट्ने लाइनमा फेरी एक घण्टा बस्नुपर्छ ।
बिल काट्ने लाइनमा २ घण्टा बिताएर काउन्टरमा पुगेपछि यसको बिल आज काटिदैन भोलि बिहान ८ बजे आउनुहोस भनेर भनिन्छ ।
भोलिपल्ट बिहानै हतार हतार गरेर अस्पताल आउँछ ।
बिहान ८ बजे लगभग एक घण्टाजति लाइनमा बसेर बिलकाटेपछि ल्याबको परीक्षणको लाइनमा लाग्नुपर्छ ।
परीक्षण सकेपछि ल्याबको रिपोर्टलिने लाइनमा लाग्नुपर्छ । यो रिपोर्ट लिनपनि करीब आधा देखी एक घण्टा कर्मचारीलाई कुर्नपर्छ ।
रिपोर्ट पाइए अब डाक्टरलाई रिपोर्ट देखाउने लाइनमा फेरी अर्को दुईघण्टा बस्नैपर्छ । कोहीकोही त निद्रा लागेर पेटीतिरनै बसिरहेको देख्न सकिन्छ । नाम कतिखेर आउला भनेर कुर्दाकुर्दा दिन बित्न नपाउदै जे होस डाक्टरकोमा पुगीन्छ । डाक्टरले रिपोर्ट हेरेपछि औषधि लेखिदिन्छन ।
यसपछि अर्की ठुलो फड्को भनेको फार्मेसीमा लाइन बस्नुपर्ने समस्या । यहाँ करीब दुई घण्टा जति लाइनमा बसेर,फार्मेसीको झ्यालमा पुगेर, डाक्टरले लेखिदिएको प्रेप्किसन बुझाएर,आधा घण्टा पर्खेपछि भित्रबाट जबाफ सहित प्रेप्किसन फिर्ता आउँछ यो औषधि यहाँ छैन ।
यति गर्न कसैलाई २ दिन कसैलाई ३ दिन लाग्दो रहेछ । अझ यस बीचमा त्यहाँका चिकित्सक र कर्मचारीको बोली, बचन र व्यबहार सम्झियो भने तुरुक्क आँसु चुहिन्छ भनेर गुनोसो पोखछन सेवाग्राहीहरु ।
हेटौंडा अस्पताल बिरामीहरुको उपचारकेन्द्र हो कि ! यातना केन्द्र ?
हेटौंडा अस्पताल बिरामीहरुको उपचारकेन्द्र हो कि ! यातना केन्द्र ? के यसलाई सिस्टममा लगेर सुधार गर्न सकिदैन ? यसलाई कसले सुधार गर्ने ? सुधार गर्ने जिम्मेवार कस्को ? यस्तै कुराहरु सामाजीक संजालहरुमा बग्रेल्ती छाईरहेकाछन् । अस्पतालमा यस्तो समस्या देखापरेपछि बिरामी झन थलापर्छ र हेटौंडा अस्पतालको उपचारमा बिकल्प खोज्न थाल्छ । पैसा भएकाहरु त प्राईभेट अस्पताल पुग्लान सामान्य नागरीकले सरकारी अस्पतालमा उपचार सहज संग पाउन गार्है छ ।
हेटौंडा अस्पतालको यति धेरै समस्यालाई कस्ले हेर्ने कस्ले बुझने,समस्या ज्यूकातिउ नै छ ।






















