हेटौंडा । हेटौडा ६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थालाई एक थान एलईडी टि.भि प्रदान गर्ने चौघडा निवासी सरोज न्यौपानेलाई संस्थाले शनिवार सम्मान गरेको छ ।
संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले आफूले टि.भि सहयोग गरेको र भविष्यमा पनि संस्थालाई सहयोग गर्दै जाने न्यौपानेले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष उदय बिडारी, निवर्तमान अध्यक्ष गौरबकुमार पराजुली, ब्यवस्थापक भीमसेन पौडेल, सञ्चारकर्मी रुपेश दुलाल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, शेयर सदस्य प्रदीप ढुङगाना लगायतको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्






















