कर्रामा एक जनाको शव फेला

हेटौंडा टुडे
२०७९ असार १२, आईतवार १८:३९ गते

हेटौंडा  । आइतबार हेटौंडा –  १० स्थित कर्रामा एक जनाको शव फेला परेको छ ।   कर्रामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त स्थानमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । पुरुष केही समय अघि देखि कर्रा पुल मुनी खाने, बस्ने गर्दै आएका थिए । ती पुरुषको शव पोष्ट मार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले   जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*