हेटौडा । कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिकामा बस्ने वर्ष ४८ का पुनराम चौधरी र पुनर्वास नगरपालिका–८ की शारदा थापाको चट्याङ लागेर मृत्यु भएको हो । रोपाइँ गर्न गएका चौधरीको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो । थापाको खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।
सेयर गर्नुहोस्






















