हेटौडा । एकदिनकै वर्षामै जनकपुरधाम डुबानमा परेको छ। सर्वसाधारणको घर मात्र नभई यहाँक जनप्रतिनिधिकै घर डुबानमा परेको छ। भारी वर्षाका कारण मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जलमग्न हुँदा वडा नम्बर नव निर्वाचित उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको हो।
हरेक वर्ष यसैगरी घर डुबानमा परे पनि तत्कालीन मेयर लालकिशोर साहलाई समस्या सुनाउँदा पनि कुनै सुनुवाइ नगरिएको साहको गुनासो छ । जनकपुरधाममा अहिले पनि वर्षा भने जारी नै रहेको छ।
सेयर गर्नुहोस्






















