डलरको भाउ अहिले सम्मकै उच्च

हेटौंडा टुडे
२०७९ असार १५, बुधबार ११:५९ गते

हेटौडा । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । डलरसँग भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली रूपैयाँमा देखिन्छ ।अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । किनकी नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*