आजको मौसम भारी वर्षाको सम्भावना

हेटौंडा टुडे
२०७९ असार १९, आईतवार ११:१० गते

हेटौडा। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली ररहनुका साथै प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, रातिमा देशका पहाडी भ–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका  स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*