हेटौंडा । अधिल्लो स्थानीय सरकारले आवश्यकता भन्दा आफ्ना निकटलाई राजनितिक आडमा जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरेको भन्दै मकवानपुरगढी गाउँपालिकाले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । शुक्रबार आज बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडसैनिद्वारा जारी गरिएको सूचनामा भनिएको छ बिभिन्न सेवामा बिभिन्न समयमा पदपुर्ति भएका एवम निकायहरबाट नियुक्ति भई तथा सिफारिस भई यस गाँउपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु तथा स्वास्थ्य चौकि ईकाईहरुमा सेवा करामा कार्यरत सम्पुर्ण कर्मचारिहरुको भालि सनिबार अर्थात असार ३२ गतेबाट म्याद सकिएको र आज शुक्रबा्र असार ३१ बाट करार म्याद थप नहुने नगर्ने उल्लेख गरिएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा ९एमाले० ले गाउँपालिका अध्यक्ष–उपाध्यक्ष लगायत अधिकांश वडामा विजयी हुँदा करारमा राखेका कर्मचारी, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएका दोर्जे लामा स्याङ्तानले करार सम्झौता नवीकरण नगर्ने बताउनु भएको छ ।























