साउन १० गतेभित्र एसईई परीक्षाफल सार्वजनिक गर्ने तयारी

हेटौंडा टुडे
२०७९ श्रावण १, आईतवार ११:३० गते

हेटौडा। साउन १० गतेभित्र राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार, गत बैशाख ९ गतेदेखि २० गतेसम्म संचालन भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।

अहिले  प्राविधिक काम भइरहेको उनको भनाई छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*