भोली महानायक राजेश हमाल हेटौंडा आउँदै

हेटौंडा टुडे
२०७९ श्रावण २, सोमबार १६:५१ गते

हेटौंडा । नेपाली चलचित्रका महानायक राजेश हमाल भोली साउन ३ गते हेटौंडा आउने भएका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको एजुकेशन एक्सपोज कार्यक्रममा हमाल भोली मंगलबार हेटौंडा आउन लागेका हुन् ।कार्यक्रमको प्रमुख वक्ताको रुपमा हमाल हेटौंडा आउन लागेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा हमालले विद्यालयतह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई अभिमुखीकरण गराउने कार्यक्रम तय भएको उनले बताए ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म हुने कार्यक्रममा विद्यार्थीहरुको पठन पाठनसँग सम्बन्धित विषयमा कार्यक्रममा छलफल हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*