पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई जना घाइते

हेटौंडा टुडे
२०७९ श्रावण १६, सोमबार ०८:५१ गते

हेटौडा  । गएराति पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गए राति परेको अविरल वर्षा पछि घर माथिबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*