हेटौडा । पोखरामा भारी वर्षा हुँदा घरहरू डुवानमा परेको छ । महानगरपालिकाको वडा नम्बर १३ कमलपोखरी क्षेत्रमा भारी वर्षा हुँदा सयभन्दा बढी घरहरू डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार, आइतवार साँझदेखि नै सो क्षेत्रमा भारी वर्षा भएको हो । अहिले पनि वर्षा जारी रहेको उनले जानकारी दिए ।
वडाध्यक्ष बरालले भने,‘म अहिले पनि डुवान क्षेत्रमै छु । उनले अहिले वडाबासीलाई घरभित्रै सुरक्षित रहन बताए ।
सेयर गर्नुहोस्






















