एसिडले मुख धोएपछि एक व्यक्ति घाइते

हेटौंडा टुडे
२०७९ भाद्र १, बुधबार १५:३५ गते

हेटौडा । पानी ठानेर एसिडले मुख धुँदा रोल्पा रुम्टीगढी गाउँपालिका वडा नं ३ का ५३ वर्षीय वीरबहादुर घर्ती घाइते भएका छन्।घर्ती विगत ६ महिनादेखि सल्यानको कुमाख गाउँपालिका वडा नं। ३ स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका थिए। सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का अनुसार घाइते घर्तीले गंगा रेजिन एण्ड टपअप खोटो संकलन कम्पनीका लागि काम गर्दै आएका थिए।

मदिरा सेवन गरेका घर्तीले पानी ठानेर ५ लिटरको ग्यालिनमा राखेको एसिड खन्याएर मुख धोएको डिएसपी खड्काले भने उहाँको अनुहार र टाउको तेजावले पोलेर घाउ भएको छ। प्रहरीका अनुसार यो घटना बुधबार मध्यान्ह १२ बजेतिरको हो । घाइतेलाई उपचारका लागि रूकुम पश्चिमको जिल्ला अस्पताल चौरजहारीतर्फ पठाउने प्रयास भइरहेको खड्काले बताए।

घटनाबारे स्थानीयले सूचना दिएपछि स्थानीय प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक जनकबहादुर भाटको नेतृत्वमा दुई जना प्रहरी घटनास्थल पुगेको थियो। उक्त प्रहरी टोलीले तीन लिटर एसिडसहितको ग्यालिन बरामद गरेको डिएसपी खड्काले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*