हेटौडा । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको हेटौँडा नगर समितिले विज्ञान दिवसको अवसरमा असोज १ गते माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । चन्द्रोदय मावि हेटौँडा ८ को प्रायोजनमा भएको उक्त कार्यक्रममा २३ विद्यालयले सहभागिता जनाएको थिए र त्यसमध्ये प्रारम्भिक चरणमा ७ वटा समूह छनौट गरी प्रतियोगिता गराइएको थियो ।
विज्ञान शिक्षक समाज नेपाल मकवानपुर नगर कार्यसमितिका अध्यक्ष भुपेन्द्र यादवको सभाध्यक्षता र चन्द्रोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर कार्य समितिकी स्मृति लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चन्द्रोदय माविका प्रधानाध्यापक एवम् शिक्षक महासङ्घ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका जिल्ला अध्यक्ष खेमराज लामिछाने, जिल्ला समिति सचिव सुवास खनाल, सहसचिव नितेश ठाकुर लगायतको आतिथ्यता रहेको थियो् ।
स्ट्यान नगर सहसचिव रितिक यादवको सहजीकरणमा भएको उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम ,दोस्रा र तेस्रा क्रमशः सिद्धार्थ मावि हेटौँडा , आधुनिक राष्ट्रिय मावि र ब्रह्मदिक एकेडेमी भएका थिए भने पुरस्कृत टिमलाई क्रमश स् ४५००, ३००० ,१५०० नगदका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।






















