नवौं राष्ट्रिय परिवार योजना दिवसः सञ्चारकर्मीसँग अन्तरक्रिया

हेटौंडा टुडे
२०७९ आश्विन २, आईतवार १८:२७ गते

हेटौंडा । नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा मकवानपुरका संचारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । व्यवस्थित परिवार, हाम्रो अधिकारः हामी सबै जिम्वेवार भन्ने मुल नाराका साथ पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले नेपालमा कुल प्रजननदर २ प्रतिशत रहेको बताएका छन् । परिवार नियोजनलाई परिवार योजना बनाएको जानकारी दिदैं उनले सन् २०१९ सम्ममा परिवार नियोजनका साधनहरुको सेवा ४७ प्रतिशत बढेको बताए ।

उनले आधुनिक परिवार नियोजन साधनको प्रयोगदर ४३ प्रतिशत रहेको छ भने किशोरी प्रजननदर भने ६३ प्रतिशत रहेको बताए । परिवार योजनाको सेवाको महत्व र प्राथमिकता, नीतिगत व्यवस्था र चुनौतीहरु रहेको बताउदैं प्रशासक काफ्लेले अन्र्तराष्ट्रिय प्रतिवद्धता अनुरुप परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य, रोकथाम तर्फ लाग्नुपर्ने बताए ।

मातृ तथा शिशु मृत्युमा उल्लेख्य रुपमा कमी ल्याउन योगदान, दुर्गम स्थानमा समेत साधनको पँहुचमा वद्धि भएको छ तर यहाँ चुनौतीहरु प्नि थपिएका छन् । प्रजनन स्वास्थ्य अधिकार र जिम्वेवारीको सचेतनाको कमी अहिले पनि उस्तै रहेको काफ्लेले बताए । तीनै तहको सरकार व्यक्ति र परिवार, समाज, समुदाय, नीजि क्षेत्र लगायत सबै क्षेत्रहरु लाग्नुपर्ने उनले बताए । हामीसँग जनशक्ति भएता पनि तालिम प्राप्त दक्ष जनशक्ति अभावले सहजरुपमा सेवा दिन नसकेको उनको भनाइ रहेको छ ।

बागमती प्रदेश अन्य प्रदेश भन्दा पछाडी परेको छ । काठमाडौं र चितवनका नीजि अस्पतालले यस्ता विषयका तथ्याङ्क नपठाउने गरेको पाइएको छ । प्रजनन उमेरका विवाहित महिलाले नयाँ र पुरानो साधन प्रगोगकर्ता ९ प्रतिशत रहेको छ । प्रदेशमा परिवार नियोजनको साधन प्रयोग कर्ता ३५ प्रतिशत र नेपालभरमा ४४ प्रतिशत रहेको काफ्लेले बताए । कुल प्रजनन दरमा कमि भए पनि जनसंख्या ऋणात्मक हुन दशकौं लाग्ने प्रक्षेपण रहेको छ । निर्देशनालयले विहान हेटौंडामा प्रभातफेरी पनि गरेको छ । दिवसको अवसरमा हेटौंडाको बुद्धचोकबाट हेटौंडाको विभिन्न स्थानहरु परिक्रमा गरि सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा प्रशासक शम्भु काफ्ले, स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरे, हेटौंडा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख भोला प्रसाद चौलागाई, परिवार योजना संघका ममता श्रेष्ठ, निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत शीव प्रसाद बडाल लगायतको उपस्थिती रहेको थियो ।

प्रभातफेरीमा मकवानपुर टेक्निकलका विद्यार्थी, नारायणी नर्सिङ कलेजका विद्यार्थी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका, स्वास्थ्य स्ंवम सेविका, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*